Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

संसदका दुई समितिको बैठक बस्दै

संघीय संसद अन्तर्गतका दुई समितिको बैठक बस्दैछ । संघीय संसद भवन, सिंहदरबारमा उक्त बैठक बस्नेछ ।

संघीय संसद सचिवालयका अनुसार कानून, न्याय तथा मानव अधिकार समिति तथा बिधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । उक्त बैठक क्रमशः बिहान ११ः३० र दिउँसो १ः३० बजे बस्नेछ । 

कानुन समितिमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल हुनेछ भने बिधायन समितिमा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ मा दफावार छलफल हुने जनाइएको छ ।