Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मधेश प्रदेशसभामा नाराबाजी

मधेस प्रदेश सभाको बैठकमा जनमत पार्टीका प्रदेशसभा सदस्यहरुले बैठकमा नारावाजी गरेका छन् ।

प्रदेशसभाको बैठक सुरु हुना साथ जनमत पार्टीका प्रदेश सभा सदस्य चन्दनसिंहले आफनो पार्टीबाट विगतमा मन्त्री रहेको महेशप्रसाद यादव र प्रदेशसभाका सदस्यहरुमाथि राजविराजको कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा प्रहरीलो लाठी चार्ज गरेको र सोह घटनालाई लिएर मुख्यमन्त्रीले माफी माग्नु पर्ने भन्दै उठेर विरोध जनाएका छन् ।

तर, सभामुख मण्डलले बैठक सुचारु गर्न आग्रह गर्दा समेत जनमत पार्टीका प्रदेश सभा सदस्यहरुले बस्न नमानेपछि खेलकुद तथा समाज कल्याण मन्त्री सुरिताकुमारी साहलाई प्रदेश बालअधिकार ऐन २०७७ संसोधन गर्न बनेको विधेयक माथि विचार गरियास्े भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएका थिए ।

त्यसपछि जनमत पार्टीका प्रदेशसभा सदस्यहरुले सभामुखको अगाडि पुगेर नारावाजी गरे थिए । नाराबाजी नरोकिएपछि बैठक १० मिनेटको लागि स्थगित गरिएको छ ।