Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

रवि लामिछानेको प्रश्नः आरोप लागेका मन्त्रीले संसदमा आएर बोल्न केले रोक्यो?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं सांसद रवि लामिछानेले संसद्मा आएर जवाफ दिन सरकारलाई केले रोक्यो? भन्दै प्रश्न गरेका छन् । आज (सोमबार) को प्रतिनिधिसभामा उनले सभामुखबाट रुलिङ समेत भइसकेको अवस्थामा पटक–पटक निरन्तर जवाफ मागिरहने कुरा सिर्जना हुनु दुःखद भएको बताएका छन् ।

उनले प्रश्न गरे, ‘सभामुखबाट रुलिङसमेत भइसकेको विषयमा सरकारका मन्त्रीहरूले आफूलाई लागेको गम्भीर आरोपको विषयमा सदनमा आएर उभिएर जवाफ दिन केले रोकेको छ रु किन किन यो यो निरन्तर मागिरहनु पर्ने भयो? मन्त्रीहरूमाथि लागेको आरोप निराधार हो भने तत्काल आएर सदनलाई जवाफ दिनुपर्ने सांसद लामिछानेको माग छ ।

‘कुनै आफ्ठ्यारो छैन भने, आफूमाथि उठेको प्रश्न र आरोप या विषय निराधार हुन् भने यसबारे भन्न केले रोक्यो सरकारलाई?’ उनले प्रश्न गरे । सांसद लामिछानेले सार्वभौम सदनलाई लडाइँ र आरोप–प्रत्यारोपको थलो जस्तो बनाइएको उनले बताएका छन् ।