Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

पुस्तक पारखीहरूलाई समर्पणको उपहार, पत्रकार आचार्यले पाए १० पुस्तक

कैलालीको धनगढीमा रहेको समर्पण पुस्तक पसलले पुस्तक पारखीहरूको लागि नयाँ स्कीम ल्याएको छ । गोला प्रथाबाट १० पुस्तक दिने स्कीम ल्याइएको पुस्तक पसलका संचालक डिल्लीराज ओझा समर्पणले बताए । ‘धनगढीमा पुस्तक पारखीहरूको संख्या बढाउन यस्तो स्कीम ल्याइएको हो’ उनले भने ‘अब कम पैसामै धेरै पुस्तक पढ्न पाइने छ ।’

a0c740eb-21fd-4940-a0ac-59c14fa0becc.jfif

 २ सय रुपैयाँमा मदन पुरस्कार विजेता सहितका १० पुस्तकका लागि गोला प्रथा सुरु गरिएको उनले बताए । पहिलो दिनको गोला प्रथा पत्रकार भानुभक्त आचार्यले जितेका छन् । आचार्य नेपाल प्रेसका सुदूरपश्चिम संयोजक तथा पश्चिम टुडेका सम्पादक हुन् ।उनी पुस्तक पढ्न र पुस्तक बारे विश्लेषण लेख्न रुचि राख्छन् । गोलाप्रथाको निश्पक्षताका लागी समर्पण पुस्तक पसलको फेसबुक आइडिबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

200f89a8-6f62-420e-a908-b223f77c9fd2.jfif

सैनिक आवासीय महाविद्यालय तेघरी कैलालीका शिक्षक तथा साहित्यकार हर्क बोहराले प्रत्यक्ष प्रसारणकै बिचमा टोकन उठाएका थिए । २४ जना सहभागी मध्ये आचार्यले पुस्तक पाएका हुन् । उनले ऐँठन, हृदय ,दोरी  खण्डहर दरबार, साँखेजुङको उकालो, बिगन रामको मादल, नाजवाफ, रुमानी, मुकाम रणमैदान र अन्तर पुस्तक उपलब्ध गराइने ओझाले जानकारी दिए ।

03c46f23-86cd-4927-b721-0deb3467ea7c.jfif

ओझा आफै पनि साहित्यकार हुन् । २०७३ सालमा पसल सुरु गरेका उनी सृजनशील मञ्च सुदूरपश्चिमको सचिव हुन् । कैलाली जनपुस्तकालय, सुदुरपश्चिमाञ्चल साहित्य समाज प्रतिभा सामुदायिक पुस्तकालयमा आबद्ग छन् । उनले आगामी दिनमा निरन्तर पुस्तक पारखीहरूका लागि कम पैंसामा नयाँ नयाँ स्किम सहित उत्कृष्ट साहित्यिक पुस्तक उपलब्ध गराइने बताए ।

45b6ee99-95ba-4904-8f55-7a01ef99074d.jfif