Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

सामान्य अंकले बढ्यो नेप्से परिसूचक, कतिको भयो कारोबार?

नेप्से परिसूचक सामान्य अंकले बढेको छ । मंगलबार ५.९१ अंकले बढेको सेयर बजार २०७६.५० विन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन ३०२ कम्पनीको १ करोड २३ लाख ६३ हजार २७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २५ करोड २७ लाख २२ हजार ८९५ रुपैयाँको कारोबार भएको छ ।


यसदिन १३२ कम्पनीको सेयर मूल्य बढ्दा १११ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।