Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

एसिसी महिला प्रिमियर लिगः कुवेतले नेपाललाई दियो ७४ रनको लक्ष्य

मलेसियामा भइरहेको एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको क्वाटरफाइनलमामा कुवेतले नेपाललाई ७४ रनको लक्ष्य दिएको छ । २० ओभरमा ९ विकेट गुमाएको कुवेत ७३ रनमा आउट भयो । यसअघि कुवेतको ब्याटिङ ध्वस्त पार्ने क्रममा नेपालकी सीता राना मगरले ह्याट्रिक विकेट लिइन् ।

टस जितेर पहिला ब्याटिङ गरेको कुवेतविरुद्ध सिताले १३औं ‌ओभरमा ह्याट्रियक विकेट लिएकी हुन् । १३ ‌औं ओभरको दोस्रो बलमा सिताले कुवेतकी ओपनर प्रियदा मुरलीलाई एलबीडब्लू आउट गरिन् ।

तेस्रो बलमा मार्याम ओमरलाई क्याच आउट गराएकी उनले चौथो बलमा कप्तान अम्ना सरिफलाई एलबीडब्लू आउट गर्दै ह्याट्रिक विकेट लिइन् ।