मलाई पनि जान्न मन छ दुनियाँलाई बिर्साइदिने प्यार कस्तो हुन्छ!
कोहि त बताइदेउ चट्ट गुलाब लिई पर्खेको पहिलो इन्तजार कस्तो हुन्छ!
अहिले सम्म कसैमाथि दिल बस्या छैन मेरो
देख्नासाथ मुर्छा पर्ने त्यो आँखाको धार कस्तो हुन्छ!
तिम्रो सहरमा त मायाँका ब्यापारीहरुकै रकरक छ
मन सङ्ग मन जोडेर बनाएको दरवार कस्तो हुन्छ!
तिम्रो एक लातिले मलाई पुरै जिन्दगी सिकायो
तिमीलाई के थाहा घाउ दुख्दा बिग्रिएको अनुहार कस्तो हुन्छ!
आफ्नाहरुको बिचमा बसेर न उँभो लागेँ न उँधो झरेँ
कहिल्यै बुझिनँ मैले दुखसुखमा हात थामिदिने यार कस्तो हुन्छ!
- सिम्रन क्षेत्री
नारायणगढ-१, चितवन