Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

पोखरामा खुकरी फ्रेन्ड्स अफ फेस्टिभल आयोजना हुँदै

पोखरामा फागुन ३ गतेदेखि ७ गतेसम्म खुकरी फ्रेन्ड्स अफ फेस्टिभल आयोजना हुने भएको छ । विगत तीन संस्करण देखि नेपाल लिटरेचर फेस्टिभलसँग सहकार्य गर्दै आएको खुकरी रम (नेपाल डिस्टिलरी)ले यसलाई यसपटक पनि निरन्तरता दिदैँ संस्थागत रुपमा खुकरी फ्रेन्ड्स अफ फेस्टिभल आयोजना गर्न लागेको हो ।  

फेवा किनारमा पाँच दिनसम्म आयोजना हुने यस वर्षको खुकरी फ्रेन्ड्स अफ फेस्टिभलमा साङ्गीतिक सत्रका रुपमा पहिलो दिन कुमार नगरकोटीको का प्रस्तुति, दोस्रोदिन कुटुम्ब ब्यान्ड, तेस्रो दिन, प्रा।डा धुर्वेशचन्द्र रेग्मी अनि उनको समूह र दब्लु फ्रेट ब्यान्ड तथा अन्तिम दिन विपुल क्षेत्री एन्ड द ट्राभलिङ ब्यान्डका प्रस्तुति रहनेछन्।

खुकरी फ्रेन्ड्स अफ फेस्टिभलले आउँदा दिनमा साहित्य, काव्य र सङ्गीतलाई अन्तर घुलन गर्दै यसमा विश्वास गर्ने विशेष समुदाय निर्माणको लक्ष्य राखेको जनाएको छ।