Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

कैलालीमा विद्यार्थीहरुबीच ग्याङ फाइट, ८ जनालाई खुकुरीसहित पक्राउ

कैलालीमा विद्यार्थीहरुबीच ग्याङ फाइट भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका–१ गोप्काको पशुपति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीबीच सोमबार दिउँसो सामूहिक झडप भएको हो ।

झडपमा संलग्न दुवै पक्षका ८ जनालाई खुकुरी र नकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनीहरुबीचको झडपको कारण भने खुलेको छैन् । चौमाला प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ तथा घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।