Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

इन्डियन आइडलबाट बाहिरिइन् मेनुका, मुम्बईबाट आज घर फर्किदै

भारतको चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल सिजन १४’ उपाधि दौडमा रहेकी नेपाली गायिका मेनुका पौडेल प्रतिस्पर्धाबाट बाहिरिएकी छिन् । उनी टप १० बाट टप ८ मा जाने क्रममा बाहिरिएकी हुन् ।

Jayabir.webp

उनीसँगै अर्का प्रतिस्पर्धी उत्कर्ष वाङखडे पनि बाहिरिएका छन् । इण्डियन आइडलको इतिहासमै पहिलो पटक एकैदिन दुई जनालाई इलिमिनेसन गरिएको हो ।झापा हल्दीबारीका मेनुका दृष्टिविहीन छिन् । तर उनको गायिकी भने प्रशंसानीय छ । उनकोे गायिकीले इण्डियन आइडलमा प्रशंसा बटुलेको थियो । आइडलका निर्णायक तथा अतिथि कलाकारहरूले समेत उनको गायकीको मुक्त कण्ठले प्रशंसा गर्दै आएका थिए । उनलाई ‘दोस्रो लता मंगेश्कर’ भनी प्रशंसा गर्नेहरू पनि थिए ।

Jayabir.webp


उनी आज घर फर्किदैछिन् । मुम्बईबाट विहान साढे १० बजे बागडोगरा विमानस्थल ओर्लिनेछिन् । उनलाई बाजागाजासहित स्वागत तथा सम्मान गर्ने तयारी रहेको पारिवारिक श्रोतले जनाएको छ । झापाबाट उनका प्रशंसकहरू बागडोगरा विमानस्थल पुगेका छन् । इन्डियन आइडलको टप १० मा पुगेर विश्वभर नेपालीलाई चिनाउने काम गरेको भन्दै मेनुकालाई गृहपालिका हल्दीबारी र यहाँका सप्तक संगीत विद्यालय सहित संघसंस्थाले सम्मान गर्ने कार्यक्रमसमेत राखेका छन् ।