Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

रविको चुनौतिः आरोपको जवाफ दिएर साध्य हुँदैन, सहकारी ठगीमा दोष प्रमाणित गरेर देखाऊ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो दोष प्रमाणित गरेर देखाउन सरकारलाई चुनौती दिएका छन् ।

आज शनिबार अर्घाखाँचीमा आयोजित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नहरूको जवाफ दिंदै पूर्व गृहमन्त्री समेत रहेका रास्वपा सभापति लामिछानेले आफूविरुद्ध छानबिन गरेर दोषी प्रमाणित गर्न सरकार तथा सम्बन्धित निकाय स्वतन्त्र रहेको बताए ।

‘मलाई लागेका आरोपको जवाफ दिएर साध्य हुँदैन, छानबिन गरे हुन्छ सम्बन्धित निकायले, दोषी देखिए कारबाही गरे हुन्छ’, उनले भने । आरोप लाग्दैमा प्रमाणित भए जसरी बुझ्ने मानसिकता भएको भन्दै उनले रास्वपा यस्ता आरोपबाट नडराउने बताए । सहकारीका विषयमा आएका समाचारबारे आफूले पत्रकार सम्मेलन गरेर तथा सामाजिक सञ्जालमार्फत प्रष्ट पारिसकेको पनि उनले बताएका छन् ।