Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

रुसबाट फर्केका नेपाली भन्छन् - रुसी सेनामा करिब १५ हजार नेपाली छन्

‘मेरै अगाडि ६ जना मरेको देखेर आएँ’

रुसी सेनामा करिब १५ हजार नेपाली रहेको र त्यसमा चार सयभन्दा बढीले ज्यान गुमाएको त्यहाँबाट फर्केका एक नेपालीले बताएका छन् ।

शुक्रबार रुसी सेनाबाट भागेर आएका र उनीहरुका परिवारले पत्रकार सम्मेलन गरेको छ । पत्रकार सम्मेलनमा रुसी सेनाबाट भागेर आएका सुमन राईले रुसमा १५ हजार हाराहारी नेपाली रहेको बताए । उनले त्यसमा ४ सयभन्दा बढीले ज्यान गुमाएको बताए । खोटाङका सुमन दुई महिनाअघि रुसी सेनाबाट भागेर नेपाल आएका हुन् ।

उनले भने, ‘मेरै अगाडि ६ जना मरेको देखेर आएँ ।’ रुस जाँदा ८ लाख र भागेर आउँदा ३ लाख तिरेको आएको उनको भनाइ छ । पत्रकार सम्मेलनमा उनले सुकेधाराको मेनपावरबाट भिजिट भिसामा रुस पुगेकै भोलिपल्ट भर्ना भएको बताए । उनले आफूले रुसी सेनामा एक महिना १८ दिन काम गरेको बताए ।

उनले रुसी सेनमा नेपालीलगायत मंगोलियन, भारतीय र चिनियाँ पनि रहेको बताए । उनले आफ्नो लटमा भर्ना हुनेहरू ८ सय जना रहेको सुनाए ।