Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

‘आम नागरिक’ को छायांकन बैशाखदेखि

 केसित बाबु प्रोडक्सन हाउसको व्यानरमा फिल्म ‘आम नागरिक’ बन्ने भएको छ । पुस्कर राउतको प्रस्तुतीमा निर्माण हुने फिल्मको निर्माण पक्षले आधिकारिक फस्टलुक पोस्टर सार्वजनिक गरेको छ ।

सार्वजनिक पोस्टरमा फिल्मका प्रमुख पात्रले शरीरको पछिल्लो भागमा खुकुरी बोकेर उभिएको देखाइएको छ । पृष्ठभूमिमा कुनै सहरको दृश्य देखाइएको छ । विनयराज पौडेलको डेव्यु निर्देशकिय रहने फिल्मको कलाकारहरु छनोटको तयारी भइरहेको छ । उग्रशन ढुङ्गाना र राजेन्द्र दुलाल निर्माता रहने फिल्मको आगामी बैशाखबाट छायांकन हुनेछ ।

फिल्मको लेखन पनि स्वम निर्देशक कै रहेको छ। दर्जन बढी फिल्ममा मुख्य सहायक निर्देशकका रुपमा काम गरिसकेका विनयले केही म्यूजिक भिडियो र टेलिफिल्मको पनि निर्देशन गरिसकेका छन् ।