Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

राष्ट्रियसभा निर्वाचन: लुम्बिनीमा ११ बजेसम्म १२२ जनाले गरे मतदान

राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत सातै प्रदेशमा मतदान जारी छ ।

लुम्बिनी प्रदेशमा बिहान ११ बजेसम्म प्रदेशसभाका ३६ र स्थानीय तहका ८६ जनाले मतदान गरेका दाङस्थित प्रदेश निर्वाचन कार्यालयले जानकारी गराएको छ । प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष र नगरपालिका प्रमुख/उपप्रमुख गरी १२२ जनाले मत खसालेका हुन् । लुम्बिनीमा कुल ३०५ मतदाता छन् ।

यहाँ दुई पदका निम्ति ६ उमेदवार चुनावी प्रतिस्पर्धामा छन् ।