Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

त्रिविमा उपकुलपति नियुक्त गर्नेबारे शिक्षाविदले प्रधानमन्त्रीलाई दिए यस्तो सुझाव

शिक्षाविदहरुले त्रिभुवन विश्‍वविद्यालयको उपकुलपतिका लागि सर्च कमिटीमार्फत योग्य व्यक्ति खोज्न सुझाव दिएका छन्।

त्रिविकै पूर्वउपकुलपति केदारभक्त माथेमा, प्रा. डा.विद्यानाथ कोइराला, प्रा. डा.चैतन्य मिश्र, प्रा. कृष्ण खनाल र डा. पिताम्बर शर्माले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर शिक्षामन्त्रीको अध्यक्षतामा रहेको सर्च कमिटीमार्फत योग्य व्यक्ति खोज्न सुझाव दिएका हुन्।

‘उपकुलपतिका लागि सरकारले विज्ञापनमा भर पर्ने होइन, सर्च कमिटीमार्फत योग्य व्यक्तिहरु खोज्नुपर्छ,’ उनीहरुको सुझाव उद्यृत गर्दै प्रधानमन्त्री दाहालको सचिवालयका एक सदस्यले भने।

सर्च कमिटीले आह्‍वान गरेको विज्ञापनमा उपकुलपतिका लागि ४३ जनाले आवेदन दिएका छन्। त्रिविमा गत कात्तिक तेस्रो सातादेखि उपकुलपतिको पद खाली छ।