Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

पोखराको स्टेज कार्यक्रममा ममाथि दुर्व्यवहार भयो:  गायिका एलीना चौहान

प्रेम प्रसंगको समाचार बजाउने पत्रकारले कलाकारका दुःख नदेखेको गुनासो

गायिका एलीना चौहानले आफूलाई स्टेज कार्यक्रममा जबरजस्ती गीत गाउन लगाइएको बताएकी छन् । केही समय अगाडि पोखरामा भएको कार्यक्रममा आफूलाई आयोजकले जबरजस्ती गाउन लगाएको उनले जानकारी दिएकी छन् । 

कलाकारहरूले हरेक पाइलामा अपमान सहनु परेको तर त्यसलाई सञ्चारमाध्यमले नदेख्ने गरेको उनको भनाइ छ । कलाकारका प्रेम प्रसंगको समाचार बजाउने पत्रकारले कलाकारका दुःख भने नदेख्ने गरेको उनको गुनासो छ ।

elina chauhan.png“अस्ति भर्खरै पोखराको एक कार्यक्रममा मलाई बोलाएर अर्को कार्यक्रममा जबरजस्ती जा भनियो । उहाँहरूले चाहेसम्म गाउन निर्देश गरियो,” एलीना सामाजिक सञ्जाल फेसबुकमा लेख्छिन्, “हाम्रै संगीत क्षेत्रको अभिभावकले । अर्को एक कार्यक्रममा कार्यक्रम सकिएपछि स्टेजमै मदिराले टिल्ल भएका स्वयंसेवक आएर मलाई दुर्व्यवहार गर्न खोजे । मैले त्यसको प्रतिकार गरेँ । यो आयोजकको गल्ती हैन र? यस्ता कुरामा सजग हुने पर्ने हैन र?”

यस्ता विषयमा सञ्चारकर्मीले कलम चलाउनुपर्नेमा उनको जोड छ ।