Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

गायक समिर थापाको 'किन न बोलेकी' गीतको म्युजिक भिडियो सार्वजनिक

नेपाली साङ्गितिक बजारमा नेपाली गित संगीतले फड्को मारीरहेको अवस्थामा फरक स्वाद र मौलिक गाउँघरको कथा बोकेको गित 'किन न बोलेकी ' बोल रहेको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

समिप  इन्टरटेन्मेनले बजार ब्यवस्थापन गरेको उक्त भिडियोमा राजु ज्ञ्याबाक ,दिवा पैजा ,कुमार गुरुङ्गको अभिनय रहेको छ ।लोकपप सैलिमा रहेको गितमा समिर थापाको आवाज रहेको छ भने छायान्कन मिलन शंकर ,सम्पादन नकुल खड्काको रहेको गीतलाई रोहन नेपालीले निर्देसन गरेका हुन । त्रीकोणात्मक  प्रेमकथा बोकेको यस गितको छायान्कन पोखराको आसपासमा रहेको  सुन्दर  बस्तीहरुमा गरिएको छ ।

मगर समुदायको सस्कृती  युवा, युवती बिचको माया प्रेमका तितामिठा पलहरुलाई आफ्नो कथामा उतार्न पाउदा आफु धेरै नै खुशि रहेको र यस गीतले दर्सक र स्रोताहरुको मन जित्न सफल हुने छ भन्ने  म्युजिक भिडियोका निर्देसक बताउछ्न ।