जीविका अश्रुको गजल 'तिम्रो शहर' सार्वजनिक भएको छ । अश्रुको शब्द रहेको गजल खेम नारायण सुब्बाको संगीत र स्वरमा सार्वजनिक भएको हो।
समीर शर्माद्वारा मिक्सिङ गरिएको उक्त गजल जीविका अश्रुको यूट्यूब च्यानलबाट सार्वजनिक भएको हो। गजल सार्वजनिक भएपछि गजलकार अश्रु भन्छिन्, ''सिक्किममा अथवा सिक्किमेली गजल रेकर्ड्को इतिहासमा पहिलो रेकडिङ गजल पनि यही नै हो जस्तो लाग्छ्।''
यस्तो छ गजल
दुःख दिन्छ हाँसो लिन्छ भो चाहिएन तिम्रो शहर ।
बदलामा आँसु दिन्छ, भो चाहिएन तिम्रो शहर।
ठेससम्म लाग्न नदिई गाउँबेसीमा सम्हालेर
राखेको यो जोवन छिन्छ, भो चाहिएन तिम्रो शहर।
पत्थर मान्छे, मान्छे पत्थर बनाउँछ सधैँसधैं
धोका दिन्छ विश्वास किन्छ ,भो चाहिएन तिम्रो शहर।
जालीझेली, चोर, गुण्डा खुसीसाथ पाली बस्छ
सोझासिधा, गरीब पिन्छ भो चाहिएन तिम्रो शहर।