लण्डनको एक बिहेवरियल इनसाइट्स कम्पनी केनवसडले भारत र भारतीयबीच अभिनेता आयुष्मान खुराना ब्राण्डको बारेमा एक अध्ययन गरेको छ । ‘हाऊ एक्टर आयुष्मान खुराना ब्रिङ्स एडभोकेसी इन बलिउड’ शीर्षकको अध्ययन अभिनेता आफ्नो देशबासीका साथ कसरी तालमेल मिलाउँछन्, कसरी उनी भरोसायोग्य र सबैभन्दा जागृत भारतीय व्यक्तित्व हुन् भन्नेमा केन्द्रीत छ ।
‘फर्मुलाबद्ध फिल्मका लागि प्रख्यात फिल्म उद्योगमा खुरानाको बलिउड स्टारडमसम्मको यात्रा उल्लेखनीय छ । खुरानाको यात्राको एक महत्वपूर्ण पक्ष भनेको उनले जोखिमपूर्ण फिल्ममा काम गर्नु हो । उनले फिल्म ‘ड्रिम गर्ल’ मा एक क्रस जेन्डर अभिनेता, ‘डाक्टर जी’मा एक पुरुष स्त्री रोग विशेषज्ञ छात्र र ‘विक्की डोनर’मा एक नियमित शुक्राणु दाताको भूमिका निभाएका छन् । ती फिल्मका लागि उनले ‘हुन्छ’ भने जसलाई शायद अरुले अस्वीकार गरिरहेका थिए या विचार पनि गरेका थिएनन्’, आयुष्मानको प्रभावलाई दर्शाउँदै अध्ययनमा भनिएको छ । आयुष्मान विश्वकै सबैभन्दा प्रभावशाली व्यक्तिमध्ये एकका रुपमा दुई पटक टाइम म्यागाजिन पुरस्कार विजेता हुन् ।
अध्ययनमा तल्लो तहको प्रतिनिधित्वमार्फत भारतको बढ्दो प्रभावलाई प्रस्तुत गरेकोमा आयुष्मानको सराहना गरिएको छ । ‘खुरानाको लोकप्रियता लगातार बढिरहेको छ । उनलाई टाइम म्यागाजिनले सन् २०२० मा विश्वकै सय प्रभावशाली व्यक्तिमध्ये एकका रुपमा नामांकित गरेको छ । युनिसेफका लागि उनले बाल अधिकार सक्रियतामा सन् २०२३ मा टाइम १०० इम्प्याक्ट अवार्ड पनि पाएका छन् । उनको ११ वर्षको करियरमा कैयौं प्रशंसित फिल्ममा अभिनय गरेका छन्, जसको श्रेय उनी समाजमा गहिराईसँग जोडिएका आफ्नो भूमिकालाई दिन्छन’, अध्ययनमा भनिएको छ ।
अध्ययनमा कसरी आयुष्मानका कारण भारतीयले मुलधारमा सामाजिक यथार्थवादप्रति रुची देखाए भन्ने कुुरा पनि उल्लेख गरिएको छ । ‘भारतीय दर्शक ती भूमिकाप्रति अधिक ग्रहणशिल छन्, जुन केही हदसम्म अपरम्परागत छन् । यसले भारतीय सिनेमालाई झकझकाईरहेको छ, मुलधारका निर्माताको मान्यता छ कि महामारीपछिको यो परीक्षा आउने वर्षमा अझ स्पष्ट हुँदै जानेछ । तर अधिक यथार्थवादी र विचारोत्तेक सामाग्रीतर्फको परिवर्तनलाई खुरानाको सन् २०२३ को जेन्डर क्रसिङ ‘ड्रिम गर्ल २’ को सफलतामा देख्न सकिन्छ । जुन सफलतापूर्वक सय करोडको हिस्सा बन्यो’, अध्ययनमा भनिएको छ ।