Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

अगस्त्यः च्याप्टर १ मा नाजिरका ५ लुक्स

आगामी फागुन १८ गतेबाट रिलिज हुने फिल्म ‘अगस्त्यः च्याप्टर १’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । यसअघि अभिनेता सौगात मल्लको दुई फरक गेटअप सार्वजनिक गरेको निर्माण टिमले नयाँ पोस्टरमा अभिनेता नाजिर हुसेनलाई स्थान दिएको छ । पोस्टरमा नाजिरका ५ लुक्स देखाइएको छ ।

फिल्मका लेखक तथा निर्देशक सौरभ चौधरीका अनुसार नाजिरले फिल्मका लागि २० केजी तौल बढाएका थिए । सार्वजनिक पोस्टरमा नाजिरको सुरुवातदेखि अन्तिमसम्मको भूमिकालाई प्रस्तुत गरिएको छ । फिल्ममा उनलाई ‘निसान’ पात्रको भूमिकामा देख्न पाइनेछ । डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलको लगानी छ । फिल्मका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् ।

Agastya najir looks.jpg

फिल्ममा सौगात र नाजिरसँगै मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झालगायतका कलाकारको अभिनय छ ।