Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

ज्योति पाण्डेले लिइन् क्रिकेटबाट सन्यास

नेपाली राष्ट्रिय टोलीकी ओपनर तथा विकेट किपर ज्योति पाण्डेले खेल जीवनबाट सन्यास लिएकी छन् ।

आज बुधबार विभागीय टोली एपीएफले पाँचौँ पटक प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेसँगै उनले क्रिकेटबाट सन्यास लिएकी हुन् ।

उनले सन् २०२१ नोभेम्बर १७ मा कतारविरुद्धको खेलमा राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन् । उनले राष्ट्रिय टोलीको तर्फबाट अन्तिम खेल भने गत वर्ष जुन ४ मा मलेसियाविरुद्ध खेलेकी थिइन् ।