Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

८ वर्षपछि स्टेजमा फकिए धुर्मुस-सुन्तली

हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ८ वर्षपछि स्टेजमा फर्किएका छन् । शनिवार कास्कीको लेखनाथ महोत्सवमा उनीहरुले मनोरञ्जनात्मक प्रस्तुति दिँदै आफू स्टेजमा फर्किएको बताएका छन्। अभिनयमा चर्चित पात्र धुर्मुस र सुन्तलीको गेटअपमै स्टेजमा झुल्किएका उनीहरुले क्यारिकेचर र नृत्य प्रस्तुति मार्फत दर्शक झुमाएका हुन । 

२०७२ को भूकम्पपछि स्टेज कार्यक्रमबाट टाढा रहँदै आएका उनीहरू ८ वर्षपछि फेरि मेला महोत्सवमा फर्किएका हुन्। बस्ती, रङ्गशाला निर्माण लगायतका कार्यक्रममा आफूलाई व्यस्त बनाएर कलाकारिताबाट टाढा रहँदै आएका उनीहरुले अव भने सक्रिय कलाकारिता गर्ने महोत्सवमा उद्घोष गरेका थिए।

 महोत्सवमा प्रस्तुत हुन अगाडि उनीहरुले सामाजिक सञ्जालमार्फत लेखनाथ महोत्सवमा प्रस्तुति दिन लागेको जानकारी दिएका थिए ।