Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

धरानमा मनाइयो कविशिरोमणि पौड्यालको जन्मजयन्ती

 कविशिरोमणि लेखनाथ पौड्यालको १४०औँ जन्मजयन्तीका अवसरमा धरान उपमहानगरपालिका–१६ स्थित लेखनाथ चोकमा रहेको कविशिरोमणि पौड्यालको सालिकमा माल्यार्पण गरेर जन्मजयन्ती मनाइएको छ ।

कविशिरोमणि साहित्य साधना समाजको आयोजनामा भएको  कार्यक्रम कोशी प्रदेशका पूर्वप्रमुख प्राडा गोविन्द सुब्बा तुम्बाहाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । नेपाली साहित्यको श्रीवृद्धिमा कवि पौड्यालले अतुलनीय योगदान गरेको उल्लेख गर्दै उनले कविवरको योगदान युवा पुस्ताले बिर्सन नहुने बताए ।कार्यक्रमका अतिथि प्राडा टङ्कप्रसाद न्यौपानेले कविशिरोमणि पौड्याल जीवनकालमै रथयात्रा गरिएका पहिलो साहित्यकार भएको बताए ।

त्यस्तै अर्का अतिथि प्राडा गोपाल भण्डारीले नेपाली साहित्यका उज्ज्वल नक्षत्र पौड्यालले अमर कृति एवं सार्वकालिक रचनाका कारण कविशिरोमणिको उपाधि पाएको बताए । उनका कवितामा मानव जीवनका विविध पक्ष समेटिएको उनको भनको भनाइ छ ।