कतिसम्म अप्ठ्यारोमा पार्छ सरकार
जनतालाई जानीजानी मार्छ सरकार ।
हेर्दाहेर्दै सुन्दर मुलुक कंगाल भइसक्यो
तँलाई अभिभावक मान्नु त धिकार्छ सरकार ।
२)
ऊ महलमा छ उसलाई एकदम ढुक्क छ।
भनिसाध्य छैन जनतालाई कति दु:ख छ ।
भरोसा गर्नेहरूकै भरोसा टुटाइस् सरकार!
अभिभावक बन्न नसक्ने तँलाई थुक्क छ।