Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

सडक दुर्घटनामा परी एमाले नेता कहारको मृत्यु

नेकपा एमाले नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्ला कमिटीका सचिवालय सदस्य एवं विनयी त्रिवेणी गाउँपालिकाका इञ्चार्ज सुरजकुमार कोहारको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।

नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को बर्दघाटबाट त्रिवेणी स्थिति आफ्नै निवासमा फर्किंदै गर्दा लु ५२ प ३६६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पटिँदा ४८ वर्षीय कहारको मृत्यु भएको नवलपरासी (बर्दघाट सुस्तापश्चिम) स्थित जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहोराले बताए ।

घाइते कहारलाई उपचारका लागि सहिद स्मृति सामुदायिक अस्पताल पुर्‍याइएकामा चिकित्सकले मृत घोषित गरेका थिए । उनको शरीरमा बाहिरी चोट नदेखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।