Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

कथा संग्रह ‘सती’ पाठकमाझ

कास्केली अधिकृत समाजका आजीवन सदस्य साहित्यकार रामचन्द्र आचार्य (आरसी) को कथासंग्रह ‘सती’ विमोचन गरिएको छ । कास्केली अधिकृत समाजद्वारा शनिबार आयोजित कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले कृतिको विमोचन गरेका हुन् ।

कार्यक्रममा सरुभक्तले कृतिका स्रष्टा आचार्यलाई आख्यानकारका रुपमा उदाएको चित्रण गरे । समाजका विविधता कथामा प्रस्तुत भएको उनको भनाइ छ । कृतिमाथि टिप्पणी गर्दै विन्दुवासिनी संस्कृत विद्यापीठ पोखराका प्राचार्य प्रा.डा.जगन्नाथ रेग्मीले कथाहरूमा सामाजिक यथार्थता प्रस्तुत भएको बताए । सामाजिक यथार्थ, भोगाई लगायत जीवनका विभिन्न परिवेशलाई कथाहरूमा चित्रण गरिएको उनले बताए ।

कास्केली अधिकृत समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीको अध्यक्षतामा सञ्चालित एवं सचिव महेश पौडेलले सञ्चालन गरेको कार्यक्रममा अन्तरराष्ट्रिय नेपाली साहित्य समाजका गण्डकी प्रदेश अध्यक्ष एवम् कास्केली अधिकृत समाजका सल्लाहकार दुुर्गाबहादुर शाह (बाबा), सचिव असफल गौतम, पाज्ञ हरिदेवी कोइराला, कृतिका स्रष्टा रामचन्द्र आचार्य (आरसी) लगायतले धारणा राखेका थिए ।