Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

१४ किलो सुनबारे छानबिन गर्न ६ सदस्यीय समिति गठन

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विमानस्थलबाट बिहीबार राति बरामद भएको १४ किलो सुनबारे छानबिन गर्न समिति गठन गरेको छ । प्रमुख भन्सार प्रशासक टोपराज पाण्डेको संयोगकत्वमा ६ सदस्यीय समिति गठन गरेको हो । 

समितिका सदस्यमा प्रहरी नायब उपरीक्षक प्रकाश सुवेदी, भन्सार अधिकृत डिल्लुप्रसाद शर्मा, भन्सार अधिकृत प्रकाश निरौला, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुङ्गाना रहेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्र्याउन लागिएको झन्डै १४ किलो सुन भन्सार कार्यालयका कर्मचारीहरूले बरामद गरेका हुन्।

फ्लाई दुबईको फ्लाइट एफजेड ५७३ मार्फत बिहीबार राति काठमाडौं आएका चन्द्र घलेलाई ११ बजेर ४० मिनेटमा सुनसहित नियन्त्रणमा लिइएको थियो । घलेको साथबाट करिव १४ किलो सुन बरामद भएको थियो । उनीसंगै गोरखाका मीनबहादुर घलेलाई पक्राउ परेका छन् ।