Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

प्रधानमन्त्री निरंकुश बनेको आरोप लगाउदै निश्कल राईले भने- 'श्री ८ वालेन्द्र शाह'

नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाह निरंकुश शैलीमा अघि बढेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै संसद राईले प्रधानमन्त्री शाहलाई श्री ८ भनेर सम्बोधन गर्दै निरंकुश शैलीमा अघि बढेको आरोप लगाएका हुन् ।

उनले गणेश नेपालीको मृत्यु भएको घटनामा मिडिया र विपक्षी दलले प्रश्न गरेपछि गाडी तेर्साएर सरकारले अलोकतान्त्रिक र राज्य आतंकको सिर्जना गरेको आरोप लगाए ।

सांसद राईले गत भदौमा सडकमा आएर सोहि आन्दोलनको बलमा बनेको अहिलेको सरकारले त्यहि जेनजीहरुले सरकारको लाठ्ठी खाइरहेको बताउदै जुन युवाले प्रश्न सोध्ने अधिकार माग्यो आज त्यहि युवालाई प्रश्न गर्नबाट बञ्चित गरिएको बताए । 

साथै सांसद राईले सरकारको सत्ता उन्माद चलिरहदा विवकेशिल अभियान, जेनजी मुभमेन्ट, अभिव्यक्ति र नागरिक स्वतन्त्रताका लागि लडेर आएका सत्ता पक्षमा सांसदहरुको मुखमा टेप लागेको समेत उनको आरोप छ ।