Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

‘सीआईडीका इन्स्पेक्टर’ दिनेशको निधन , को हुन् दिनेश?

 चर्चित भारतीय टेलिसिरियल ‘सीआईडी’मा इन्स्पेक्टर फ्रेडिक्सको भूमिकामा देखिने कलाकार दिनेश फडनिस निधन भएको छ ।

भारतीय सञ्चार माध्यम टाइमस् अफ इन्डियाका अनुसार दिनेशमा नजिकका साथी दयानन्द शेट्टीले उनले मंगलबार बिहान १२ः०८ मा निधन भएको पुष्टि गरेका छन् ।  हृदयघातका कारण पछिल्लो सातादेखि मुम्बईको तुङ्गा दिनेश आईसीयूमा उपचाररत थिए । ५७ वर्षको उमेरमा उनले उपचारकै क्रममा यस संसारबाट बिदा लिएका हुन् । 

दयानन्दका अनुसार उनको अन्तिम संस्कार दौलदमा गरिनेछ । दिनेश पछिल्लो समय कलेजो खराबीको समस्याबाटसमेत ग्रसित थिए । 

को हुन् दिनेश?

भारतको चर्चित क्राइम टेलिसिरियल ‘सीआईडी’मा इन्स्पेक्टर फ्रेडिक्स भूमिकामा देखिँदै आएका थिए । यस सिरियलको नेपालमा पनि उल्लेखनीय सङ्ख्यामा दर्शक छन् । दिनेश पनि नेपाली दर्शकमाझ लोकप्रिय छन् । उनको निधनमा नेपाली दर्शकले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली दिएका छन् । 

उनी सीआईडीमा २५ वर्ष पहिला अर्थात १९९८ मा जोडिएका हुन् । उनी २०१८ बाट भने यस सिरियलबाट विश्राम लिएका थिए । उनले भारतको अर्को चर्चित सिरियल ‘तारक मेहताका उल्टा चस्मा’समेत ‘केमियो’ भूमिकामा देखिएका थिए । त्यस्तै उनले केही फिल्ममा समेत काम गरेका थिए ।