Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

मौलिक लिम्बू भाषाको पालाम 'स्वागेप फुङ लुङे' गीतको म्युजिक भिडियो सार्वजनिक

लिम्बु संस्कृती मुलक मौलिक लिम्बू भाषाको 'पालाम स्वागेप फुङ लुङे' गीतको म्युजिक भिडियो सेवालुङ च्यानलमा सार्वजनिक भएको छ। उक्त गीतको लय संकलन मन कुमार तुम्बाहाङफे र निर्मल सुब्बाको रहेकोछ भने शब्द संकलन वरिष्ठ गीतकार यासेली योङहाङको रहेको छ ।

संगीत सम्योजन मनोज साङ सोन राईले गरेका छन मिक्सिङ राजु कार्कीको रहेकोछ । स्वर गंगा फियाक र शिव कुमार सम्बाहाम्फेको रहेकोछ । यस गीतको अर्गानिक पालाम बिना म्युजिकको भिडियो पनि भर्खरै शुटीङ, सम्पादन कार्य सम्पन्न भई सेवालुङ च्यानलमा सार्वजनिक भएको छ ।

पालाममा अभिनय गर्ने कलाकारहरुमा, समाजसेवी तथा ब्यवसायी पूर्ण सेलिङ र समाजसेवी तथा कलाकार रुपा आङबुहाङ र कलाकार तथा समाजसेवी डम्बर ताप्मादेन र सानू लिम्बूलेको अभिनय रहेकोछ । छायांकन निर्मल सुब्बा र अनिमेष सिहले गरेका छन भने भिडियो सम्पादन राजेन्द्र कुमार श्रेष्ठको रहेकोछ । स्वागेप फुङ लुङे पालाममा निर्मल सुब्बाले निर्देशन गरेका हुन् ।