बुधवार, मंसिर १३ गते २०८०

२०८०, मंसिर १३गते

29th Nov 2023

images
images

हमासले बन्धकलाई अस्पताल लगेको भिडियो सार्वजनिक

हमासले बन्धकलाई अस्पताल लगेको भिडियो सार्वजनिक

सोमवार, मंसिर ४ २०८०
सोमवार, मंसिर ४ २०८०
  • हमासले बन्धकलाई अस्पताल लगेको भिडियो सार्वजनिक

     इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले हमासले इजरायलमा आक्रमणपछि अपहरण गरेर लगेका व्यक्तिहरू रहेको एक भिडियो सार्वजनिक गरेको छ ।  आईडीएफले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत प्यालेस्टाइनी लडाकु समूह हमासले दुईजनालाई अस्पताल लैजाँदै गरेको भिडियो सार्वजनिक गरेको हो ।

    ती दुई जनामध्ये एकजना नेपाली र अर्का एकजना थाइ नागरिक भएको उल्लेख गरिएको छ । तर उनीहरु को हुन् र अहिले कहाँ छन् भन्ने बारेमा केही खुलेको छैन । उक्त भिडियोमा हमासले एकजनालाई स्ट्रेचर र अर्का एकजनालाई घेरेर अस्पतालभित्र लगिएको देख्न सकिन्छ । उनीहरूलाई लगिएको अस्पताल गाजास्थित अल सिफा रहेको उल्लेख गरिएको छ । 

    images
    images
    images

    गत असोज २० गते हमासले इजरायलमाथि एक्कासि आक्रमण गरेको थियो । सो आक्रमणका क्रममा हमास समूहले नेपालका विपिन जोशीसहित विभिन्न देशका दुई सयभन्दा बढी नागरिकलाई अपहरण गरेर बन्धक बनाएको छ । हमासको आक्रमणमा १० जना नेपाली विद्यार्थी मारिएका थिए।

    images

    images
    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार