बुधवार, मंसिर १३ गते २०८०

२०८०, मंसिर १३गते

29th Nov 2023

images
images

साहित्यकार सरुभक्तले तीसको दशकदेखि लेखेका मुक्तकहरू अब एउटै सङ्ग्रहमा

साहित्यकार सरुभक्तले तीसको दशकदेखि लेखेका मुक्तकहरू अब एउटै सङ्ग्रहमा

सोमवार, मंसिर ४ २०८०
सोमवार, मंसिर ४ २०८०
  • साहित्यकार सरुभक्तले तीसको दशकदेखि लेखेका मुक्तकहरू अब एउटै सङ्ग्रहमा

    साहित्यकार सरुभक्तको मुक्तक सङ्ग्रह ‘सरुभक्तका मुक्तक’ को आइतबार पोखरामा लोकार्पण गरिएको छ । नेपाल मुक्तक प्रतिष्ठान, बेलायत शाखाद्वारा प्रकाशित उक्त कृतिको वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्सायन’ लगायतले संयुक्तरुपमा विमोचन गरेका थिए ।

    सो अवसरमा कलाकार बरालले सरुभक्त नेपाली साहित्य जगत्को विशिष्ट प्रतिभा रहेको धारणा राखे । उनले सरुभक्तको लेखनमा विचार र दर्शनको धरातल भेटिने बताए । साहित्यकार सरुभक्तले तीसको दशकको सुरुदेखि अहिलेसम्म आफूले मुक्तक लेखिरहेको बताए ।

    images
    images
    images

    ‘युवाकालदेखि नै मलगायत मेरा थुप्रै समकालीन साथीहरुको मुक्तक लेखनप्रति झुकाव थियो, २०३५ सालमा पोखरामा टिकटमा मुक्तक कार्यक्रम गरेर अभियान सुरु गरेका थियौँ’, उनले भने, ‘पहिले उपेक्षामा परेको मुक्तकले अहिले जुन गति लिइरहेको छ यसका पछाडि पोखरेली स्रष्टा र साहित्यप्रेमीको महत्वपूर्ण योगदान छ ।’

    images

    सरुभक्तले २०३५ सालमा प्रकाशित मुक्तक सङ्ग्रह ‘बन्द खामभित्र’ आफ्नो पहिलो साहित्यिक कृति रहेको सुनाए । उनको २०६१ सालमा ‘हजार बुद्धहरु’ र २०६७ मा ‘प्रेम यात्रा’ मुक्तक सङ्ग्रह प्रकाशित भएको थियो । ‘सरुभक्तका मुक्तक’ मा पहिले प्रकाशित तीन मुक्तक कृतिसहित अप्रकाशित ‘जीवन यात्रा’ र ‘समय यात्रा’ कृतिका मुक्तक सङ्ग्रहित रहेको नेपाल मुक्तक प्रतिष्ठान, बेलायत शाखाका अध्यक्ष दुर्गाप्रसाद पोखरेलले जानकारी दिए । ‘सरुभक्तले तीसको दशकदेखि हालसम्म रचना गर्नुभएका मुक्तक एउटै सङ्ग्रहका रुपमा सार्वजनिक गरिएको हो’, उनले भने ।

    images
    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार