Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

अर्धशतक बनाएका विराट कोहली आउट

एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा अर्धशतक बनाएका विराट कोहली पनि आउट भएका छन् । ६३ बल खेलेका कोहली ४ चौकासहित ५४ रन बनाएर आउट भएका हुन् । 

प्याट कुमिन्सको पाचौँ ओभरको तेस्रो बलमा कोहली आउट भएका हुन् । यससँगै भारतको चौथो विकेट पतन भएको छ । यसअघि रोहित शर्मा ४७, शुभमान गिल ४, श्रेयास आयर पनि ४ रनमा आउट भएका थिए ।

अष्ट्रेलियाका प्याट कमिन्सले २ तथा ग्लेन म्याक्सवेल र मिचेल स्टार्कले एक एक विकेट लिएका छन् ।