Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

यो गाउँ यी झरना.....

यो गाउँ यी झरना.....


यो गाउँ, यी झरना, यी बन पाखाहरूमा
सुन्दर हिमालहरू छन् मेरा नयनमा
म सधैँ तिम्रो साथमा रहन्छु
तिम्रो सम्झनामा यो मनलाई बगाई रहन्छु ।

लाली गुराँस  फुल्ने यी पहाडहरूमा हेरिरहूँ लाग्छ
तिमि आउँछौ भन्ने यो मनमा आशा छ
यो बस्ती बस्तीबाट  तिमिलाई माया गर्छौ
तिमि आउने बाटोमा गएर हामी बस्छौ ।


तिमिले गाएका गीतहरू सुनिरहूँ लाग्छ
यो शान्त गाउँमा हेरिरहूँ लाग्छ
तिम्रो सहयोगी बनेर साथमा रहन मन लाग्छ
सुन्दर दहको छेउमा तिमि सँग भेट हुन्छ ।


यो गाउँ, यी झरना, यी बन पाखाहरूमा
सुन्दर हिमालहरू छन् मेरा नयनमा
म सधैँ तिम्रो साथमा रहन्छु
तिम्रो सम्झनामा यो मनलाई बगाई रहन्छु ।।

- गोबिन्द राज ओझा (राजन)