Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

टिकटक बन्द गर्ने निर्णय लिएर सरकार उल्टो कदम हिँड्योः गगन थापा

सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगन थापाले सरकारले टिकटक बन्द गर्ने निर्णय लिएर उल्टो बाटो हिँडेको प्रतिक्रिया दिएका छन् ।

आज सोमबार बसेको मन्त्रिपरिषदको बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको छ । त्यसको विरोधमा सामाजिक सञ्जालमा लेख्दै थापाले सरकार उल्टो बाटो हिँडेको बताएका हुन् । उनले यो कदम गलत भएको पनि बताएका छन् ।

‘टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको छ । सामाजिक सञ्जालको दुरूपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो,’ उनले लेखेका छन्, ‘यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने नगर्ने भन्दा पनि यो सरकारको नियतको विषय हो ।’ उनले यसले अभिव्यक्ति तथाा व्यैक्तिक स्वतन्त्रतालाई कुण्ठित गर्ने बताए ।