Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

बलिउडमा अभिनय छोडेपछि साहिल बने सय करोडको मालिक, के गर्छन् अहिले?

कला क्षेत्रमा टिकिरहन जीवन्त रूपले आफ्नो भूमिका निर्वाह गर्नुपर्छ। सामाजिक, मानसिक रूपमा आफूलाई तयार पार्नको लागि एक कलाकारलाई निकै चुनौती पनि हुन्छ। फिल्म क्षेत्रमा अभिनय गरेर दर्शकको मन जित्नु पनि ठुलो चुनौती हुन्छ।

बलिउडमा एउटा मात्र फिल्म हिट भएपछि कलाकार साहिल खानले फिल्म क्षेत्र छोडेका छन्। साहिलले डेब्यू गरेको फिल्म 'स्टाइल' लाई दर्शकले खुबै मनपराएका थिए। यो फिल्ममा उनी कलाकार शरमन जोशीसँगै देखिएका थिए। यो फिल्मको गीतपछि उनी धेरै चर्चामा आए। यो फिल्ममा उनको अभिनयभन्दा पनि फिटनेसलाई दर्शकले मनपराएका थिए। यसपछि उनले 'एक्सक्यूज मी' फिल्ममा अभिनय गरे। तर यो हिट नभएपछि उनले फिल्म क्षेत्रबाटै टाढिएका छन्।

फिल्म क्षेत्रमा काम नगरेपनि उनी बलिउडको सय करोड भारूको मालिकको रूपमा चर्चित छन्। उनले फिल्म छोडेपछि आफ्नै लगानीमा फिटनेस कम्पनी खोलेका थिए। यही कम्पनीको कारण उनी सय करोड भारूको मालिक भएका हुन्।