नेपाल नागरिक उड्डयन प्राधिकरणले भूकम्प पीडितका लागि १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई सहयोग स्वरूप प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ जम्मा गर्ने प्राधिकरणले घोषणा गरेको हो ।
साथै नेपालगन्ज, सुर्खेत, रुकुम सल्ले तथा चौरजहारी विमानस्थलबाट राहतका लागि प्रयोग हुने वायुयानहरूको शुल्कमा सतप्रतिशत छुट दिने समेत प्राधिकरणले निर्णय गरेको छ । भूकम्पबाट १५७ जनाको मृत्यु हुनुका साथै २५६ जना घाइते भएका छन् ।
२ हजार ९ सय ५४ घर आंशिक तथा ९३७ घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ ।