Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

नेपाल र ओमानबीचको खेल हेर्न प्रधानमन्त्री कीर्तिपुरमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कीर्तिपुरस्थित टियु क्रिकेट मैदान पुगेका छन् । उनी आइसीसी टी–२० एसिया छनोटअन्तर्गत नेपाल र ओमानबीचको फाइनल खेल हेर्न त्रिवि मैदान पुगेका हुन् ।

cre.jpg

उनी खेलाडीहरुको हौसला बढाउन त्यहाँ पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बिहान ११ बजेदेखि सुरु भएको खेलमा जितका लागि नेपालले ओमानलाई १८५ रनको लक्ष्य दिएको छ ।

c.jpg

दुबै टिमले आगामी वर्ष अमेरिका र बेष्ट इण्डिजमा हुने विश्वकमा स्थान बनाएका छन् । आज भने एसिया छनोटअन्तर्गतको खेलमा उपाधिका लागि दुई देशबीच प्रतिस्पर्धा भइरहेको हो ।