Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

रक्सीले मातेर गायक सुगम पोख्रेलले अष्ट्रेलिया देखाए ‘ताण्डव’, दर्शकलाई हाने माइकको झट्टी भिडियो भयो भाइरल

चर्चित गायक सुगम पोखरेलले अष्ट्रेलियाको एडिलेडमा आयोजित एक कन्सर्टमा रक्सीले मातेर ‘ताण्डव’ मच्चाएका छन् । रक्सीले टिल्ल भएर गीत गाउन स्टेज चढेका उनको भिडियो अहिले टिकटकमा ‘भाइरल’ भइरहेको छ ।

भिडियोमा सुरूबाटै सुगमको बोली–व्यवहार असन्तुलित र उत्तेजक देखिन्छ भने उनले आफ्नो कार्यक्रम हेर्न आएका दर्शकलाई अपमानित समेत गरेका छन् । ‘झिल्के’ भन्ने गीत एकचोटि गाउँ न त’ भन्दै उनले बोल्न सुरु गर्छन् । दर्शकले ‘झिल्के‘ झिल्के‘’ भन्दै कराउँछन् । पोखरेलले नेपालमा भूकम्प गएर मानिसहरु मरेको भन्दै दर्शकलाई शान्त हुन भन्छन् । उनले लर्बरिएको स्वरमा भनेका छन्, ‘मलाई नरमाइलो लागिराखेको छ । नेपालमा १३० भन्दा बढी मान्छे मरेका छन् । हामी एकछिन मौन धारण गरौं ।’

उनी माइक समातेर मौन धारण गर्न खोज्छन् । तर, सक्दैनन् । दर्शक पनि हल्ला गरिरहेकै हुन्छन् । मौनधारण यत्तिकै छोडेर पोखरेलले माइक मुखमा लैजान्छन् र झ्यापको सुरमा गुन्गुनाउँछन् ‘बुइनी कमला, बिमला त पोइला गइन् दोकान सम्हाल ।’

पोखरेलको यो शैलीले दर्शकमा होहल्ला बढ्दै जान्छन् । त्यसपछि उनी उत्तेजिन हुन्छन् । ‘ए भाइ, तिमीलाई मा कसम झट्टी हान्छु’ यो भाइलाई बोला त ओइ यो तालुवाला भाइलाई ।’ त्यसपछि उनी होस गुमाएर स्टेजबाट तल हाम्फाल्छन् । स्वयंसेवकले रोक्दा रोक्दै उनले ती दर्शकलाई माइकले झट्टी हान्छन् र गालीगलौज गर्छन् । उनलाई बल्लतल्ल त्यहाँबाट निकालेर फेरि स्टेजमा लगिन्छ ।

फेरि पनि सुगमले अर्को माइल दर्शकतिर हुर्‍याउँछन् । त्यसपछि भने उनलाई स्टेजबाट निकालिन्छ । सुगमको यो व्यवहारको चौतर्फीरूपमा आलोचना भइरहेको छ । कार्यक्रम आयोजकले पनि खेद प्रकट गरेका छन् । कार्यक्रमका उद्घोषक रुद्र उपाध्यायले घटनाबाट लज्जित भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै दुःख व्यक्त गरेका छन् ।

‘मलाई त्यो परिस्थितिलाई ह्याण्डल गर्न गाह्रो परेको थियो । मैले कुनै पनि चर्चित व्यक्तिबाट यस्तो हर्कतको सामना गरेको थिइनँ ।’ उनले अब आइन्दा यस्ता कार्यक्रममा नेपालबाट अतिथि निम्त्याउँदा उनीहरूको बानी व्यहोराबारे राम्ररी बुझ्नुपर्ने सुझाव दिएका छन् ।

 

@dumbboy690 Kalakar: Raastra ko Gahana #sugampokhrel #sugampokharelfight #nepal #nepalimuser #goviral #tiktoknepalaustralia #tiktoknepalusa ♬ original sound - Viral Nepal