Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

नेपालले यूएईलाई पराजित गरे चर्चित गायक हेमन्त शर्माले नेपाली टीमलाई ५० हजार दिने

चर्चित गायक हेमन्त शर्माले नेपाली क्रिकेट टोलीलाई ५० हजार दिने भएका छन्। आजको आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई)लाई पराजित गरे गायक शर्माले नेपाली क्रिकेट टोलीलाई ५० हजार दिने भएका हुन्। 

 उनले आज मात्र नेपाली क्रिकेट टोलीले जिते आफ्नो तर्फबाट  सम्पूर्ण “टिम नेपाल”लाई  रू ५० हजार हौसला स्वरूप दिने सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले लेखेका छन्-'' मन मात्र हो धन हैन है। भाईहरू हो आज मात्र क्रिकेट जितिदेउ ।आज जित्यौ भने मेरो तर्फबाट रू ५०,०००/ हौसला स्वरूप सम्पूर्ण “टिम नेपाल”लाई । एक पटकको खाजा खर्चै भए नि!''

यूएई समूह ‘बी’को विजेता र नेपाल समूह ‘ए’को उपविजेताका रूपमा सेमिफाइनलमा भिड्न लागेका छन्। विश्वकपमा छनोट हुन दुवै टोलीलाई आजको खेल जित्नैपर्ने दबाब छ । नेपालले पहिलो र अन्तिमपटक सन् २०१४ मा ट्वान्टी–२० विश्वकप खेलेको थियो । त्यसयता विश्वकपका तीन संस्करण भए पनि नेपालले छनोट चरण पार गर्न सकेको थिएन । गत संस्करणका निम्ति भएको छनोटमा यूएई नै बाधक बनेपछि नेपालको सम्भावना समाप्त भएको थियो ।

गायक हेमन्त शर्माको निरजाले गीत यो बेला निकै चर्चामा छ। 

">