Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

ऐश्वर्यालाई ५ फिल्मबाट किन निकालेका थिए शाहरुखले?

बलिउड अभिनेत्री ऐश्वर्या राय (बच्चन) आज ५० वर्षकी भइन् । ऐश्वर्य सुन्दरताका लागि चर्चित छिन् । बलिउडमा झन्डै डेढ दशक पूरा गरेकी यिनले नृत्य र अभिनयले पनि उनले लाखौँ फ्यान बनाएकी छिन् । ऐश्वर्याले हिन्दी मात्रै होइन तमिल, तेलुगु, बंगाली र हलिउड फिल्ममा समेत राम्रो नाम कमाएकी छिन् । तर बिहेपछि यिनको करियर उक्लिन सकेन ।

शाहरुख खान र ऐश्वर्यको जोडीलाई दर्शकले निकै मन पराएका थिए । दुबैले मोहब्बते, देवदास र जोशमा काम गरेका थिए । रियल लाइफमा पनि यी दुई राम्रो मित्र थिए ।  उसो त शाहरुख खानले ऐश्यर्वलाई ५ वटा फिल्मबाट निकालेका थिए । शाहरुखले ऐश्वर्यालाई वीर जारा, चलते चलते, कल हो न हो जस्ता फिल्मबाट निकालेका समाचारमा उल्लेख छ ।  तर, शाहरुखले आफूलाई किन र कहिले निकालेको भनेर थाहा नभएको ऐश्वर्याले सिमी गरेवालसँगको एउटा अन्तरवार्तामा उल्लेख गरेकी छन् ।  उसो त शाहरुख खानले आफ्नो उक्त व्यवहारप्रति पश्चताप गर्दै ऐश्वर्यासँग माफी मागेका थिए । कसैसँग कुनै प्रोजेक्टमा काम शरु गर्ने अनि बिना कुनै गल्ती निकाल्नु निकै गाह्रो भएको शाहरुखको भना थियो ।

गएको डेढ दशकमा ऐश्वर्यका ४ वटा फिल्म मात्रै हिट रह्यो । अहिलेलाई उनको हातमा नयाँ फिल्म पनि छैन । तर पनि बलिउडमा उनको प्रतिष्ठा कम भने भएको छैन । ८ अर्ब २८ करोड रुपयाँ नेटवर्थ भएकी ऐश्वर्य बलिउडकी धनी अभिनेत्री हुन् । प्रियंका चोपडा र दीपिका पदुकोण जस्ता अहिलेका नाम चलेका अभिनेत्रीहरुले समेत नेटवर्थको मामिलामा ऐश्वर्यलाई जित्न सकेका छैनन् एक पछि अर्को फ्लिम फ्लप भएपनि आज पनि ऐश्वर्यले एउटा फिल्मको १२ करोड रुपयाँ लिन्छिन् ।