Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

बलिउड पार्टीमा जादिनन् सनी देओलकी श्रीमती पूजा, के छ कारण?

बलिउडका चर्चित अभिनेता हुन् सनी दे‌ओल। 'गदर' बाट चर्चामा आएका सनीले श्रीमती पूजा देओलको बारेमा बताएका छन्। सनीले आफ्नी श्रीमतीलाई फिल्म पार्टीमा रूचि नभएको बताएका छन्। उनले फिल्म निर्माता–निर्देशक करण जोहरको टेलिभिजन शो 'कफी विथ करण' मा उक्त कुरा बताएका हुन्।

बलिउड पार्टी रातभरि हुन्छ। जहाँ दिनभरिको थकाई भुल्न बलिउड कलाकारहरू मद्यपान र ध्रुमपान पनि गर्छन्। तर पूजालाई यो सबै क्रियाकलाप मनपर्दैन। उनी मादक पदार्थ पनि सेवन गर्दिनन्। त्यसैले बलिउड फिल्मकर्मीसँग पूजा टाढिएकी छन्। पूजालाई मात्र नभई आफूलाई पनि पार्टी मन नपर्ने बताउँछन् सनी। ''बिहान छिट्टै उठ्ने व्यक्ति हुँ। बलिउड पार्टी रातभर हुन्छ। पूजा र म लगभग एउटै छौं। हामी ठूला पार्टीमा जादैनौं। साथीभाइसँग भेटघाट गर्न मन लाग्छ तर उनीहरूलाई सुटिङको समयमा भेट्छु,''- उनले भने

प्राय चिनजानको मान्छेहरू भेटघाट हुने भनेको पार्टी, कार्यक्रममा हुन्। त्यसैले पूजा बलिउडसँग टाढा रहेको देखिन्छिन्। सन्नी पनि फिल्मका ठूला पार्टी, कार्यक्रममा जादैनन्। सनीको पारिवारीक पृष्टभूमि पनि फिल्मक्षेत्र नै हो। उनका भाइ बबी देओल र बाबु धर्मेन्द्र पनि फिल्म क्षेत्रमा आवद्ध छन्।