Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

शाहरुख अभिनीत ‘डंकी’को टिजर सार्वजनिक

शाहरुख खानको अभिनय रहेको बलिउड सिनेमा ‘डंकी’को टिजर सार्वजनिक भएको छ । शाहरुखको ५८ औं जन्मदिनको अवसर पारेर ‘डंकी’को टिजर सार्वजनिक गरिएको हो । 

शाहरुख यो सिनेमामा हार्डीको भूमिकामा छन् । टिजरमा एक्सन र कमेडी सिन समेटिएका छन् । कमेडी ड्रामा ‘डंकी’लाई राजकुमार हिरानीले निर्देशन गरेका हुन् । २२ डिसेम्बर २०२३ मा फिल्म हलमा मात्र थाहा हुनेछ ।

सिनेमामा शाहरुखसँगै तापसी पन्नु, दीया मिर्जा र बोमन इरानीले अभिनय गरेका छन् ।