Jun 06 2026

Jun 06 2026 | शनिवार, जेठ २३ गते २०८३

चार दिने औपचारिक भ्रमण सकेर न्युयोर्क फर्किए गुटेरेस (फोटोफिचर)

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने औपचारिक भ्रमण सकेर आज फर्किँएका छन् । महासचिव गुटेरेस आज कतार एयरवेजको विमानबाट दोहा प्रस्थान गरेका हुन् ।

गत आइतवार बिहान नेपाल आएका गुटेरेसले ऐतिहासिक, पुरातात्विक, धार्मिक तथा पर्यटकीय स्थलहरु पाटन दरबार स्क्वायर, सगरमाथा आधार शिविर, अन्नपूर्ण बेसक्याम्प, गौतमवुद्धको जन्मस्थल लुम्बिनीको अवलोकन भ्रमण गर्नुका साथै प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गरे ।

RatnaShrestha_KTM_15_20231101103624_RATL0088(1).JPG

भ्रमण अवधिमा उनले राष्ट्रपति, प्रधानमन्त्री, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्षका साथै विभिन्न दलका शीर्ष नेतासँग पनि भेट गरे ।

नेपालको संसदलाई सम्बोधन गर्ने पहिलो राष्ट्रसंघीय महासचिव बन्नु भएका महासचिव गुटेरेसले नेपालको शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन राष्ट्रसंघले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

RatnaShrestha_KTM_15_20231101103624_RATL0088(3).JPG

यसका साथै जलवायु परिवर्तनले गर्दा नेपालले भोगिरहेको नकारात्मक प्रभावको क्षतिपूर्ती विकसित मुलुकबाट पाउनुपर्ने उनको जोड रहेको छ ।

महासचिव गुटेरसको भ्रमणले जलवायु परिवर्तनको असर न्युनिकरण तथा जलवायु परिवर्तनको शिकार भएवापत पाउनु पर्ने सहयोगका लागि नेपालको लबिङ पुग्ने अपेक्षा गरिएको छ ।

हेर्नुहोस् तस्बिरहरु:

RatnaShrestha_KTM_RSS_15_20231101103356_RATL0026_1(2).JPG

 

RatnaShrestha_KTM_RSS_15_20231101103356_RATL0026_1(1).JPG