Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

राधिका दासीको उजुरीमा वेदिका केसी पक्राउ

अभियन्ता वेदिका केसी पक्राउ परेकी छिन् । सामाजिक सञ्जालबाट भ्रम फैलाएको भन्दै उनलाई पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता तथा सूचना अधिकारी दिलिप कुमार गिरीले जानकारी दिएका हुन् ।

कथावाचिका राधिका दासीको उजुरीका आधारमा साइबर ब्युरोको प्रहरीले केसीलाई बिहीबार जोरपाटीबाट पक्राउ गरिएको हो । उनलाई अहिले साइबर ब्युरोको हिरासतमा राखिएको छ ।

आफूलाई धर्मभित्रको गलत प्रवृत्तिको भण्डाफोर गर्ने अभियन्ताका रूपमा चिनाउने वेदिका केसी पछिल्लो समय चर्चामा थिइन् । मुख्यतः धार्मिक माताका रूपमा चिनाउने व्यक्तिहरूका सम्बन्धमा सामाजिक सञ्जालमार्फत आफ्ना भनाइहरू राख्ने गरेकी थिइन् ।