Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

डान्सबारमा जुवा खेलिरहेको अवस्था चक्र बमसहित ९ जना कलाकार पक्राउ, ४ दिनदेखि थुनामा

काठमाडौंमा नौ जना कलाकार जुवाखालबाट पक्राउ परेको खुलेको छ। शनिबार उनीहरूलाई मैतिदेवीको एक डान्सबारमा जुवा खेलिरहेको अवस्था प्रहरी वृत्त अनामनगरले सञ्चालक गजित बिष्टसहितलाई पक्राउ गरेको हो ।

घटना कात्तिक ११ गतेको भए पनि प्रहरीले मंगलबार मात्र जानकारी दिएको हो। ९ जनालाई जुवा खेल्दा खेल्दै ११ गते राति १० बजे पक्राउ गरेको थियो।काठमाडौं महानगरपालिका–२९ मैतीदेवीस्थित रमेशनाथ पाण्डेको घरको दोस्रो तलामा भोजपुरको पात्लेपानी–२ घर भइ हाल मैतीदेवी बस्दै आएका गजित विष्टले सञ्चालन गरेको डान्स फिवर डान्स सिकाउने ठाउँमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिक्षएको हो। 

उनीहरुको साथबाट एक लाख ९० हजार ९२० रुपैयाँ र एक बुक ताससमेत बरामद गरिएको छ। पक्राउ पर्नेहरुमा भोजपुरको पात्लेपानी घर भई मैतीदेवी बस्ने ४५ वर्षीय गणेश विष्ट, ३८ वर्षीय नरेन्द्र विष्ट, ललितपुर–२४ का ३८ वर्षीय सुर्पमान स्याङतान, रुकुम पश्चिमको बाँफिकोट–२ का २६ वर्षीय रोशन सिंह र कैलालीको गोदावरी–२ का २९ वर्षीय चक्र बम रहेका छन्। 

यस्तै काभ्रेको पाँचखाल–६ का ६० वर्षीय शैकरप्रसाद आचार्य, रामेछापको राकाथुम–१ का २८ वर्षीय टाइम मगर बुढानिलकण्ठ–९ का  ३६ वर्षीय सुरेन्द्र साउद र स्याङ्जाको चापाकोट–७ का ३३ वर्षीय घनश्याम अधिकारी रहेका छन्।  

जुवाखालबाट प्रहरीले एक लाख रकमभन्दा धेरै बरामद गरेको जिल्ला प्रहरी परिसर, टेकु काठमाडौंका प्रवक्ता कुमोद ढुंगेलले बताए । पक्राउ परेकालाई थुनामा राखेर प्रहरीले मुद्दा प्रक्रिया अघि बढाएको छ ।