Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

अभिनेत्री करिश्मा मानन्धरकी सासू आमा जानकी मानन्धरको निधन

चलचित्रकर्मी बिनोद मानन्धरलाई मातृशोक परेको छ । अभिनेत्री करिश्मा मानन्धरकी ममतामयी सासू आमा जानकी मानन्धरको दुःखद निधन भएको हो ।

अभिनेत्री मानन्धरका अनुसार दिवंगत मानन्धरको उमेर ९१ वर्ष थियो । अभिनेत्री मानन्धरका अनुसार सासू आमा मानन्धरको निधन लण्डनमा भएको हो । उनका अनुसार शुक्रवारसम्ममा पार्थिव शरीर नेपाल ल्याएर अत्येष्टि गरिने छ । सामाजिक सञ्जालमार्फत अधिकांश चलचित्रकर्मीहरुले दिवंगत जानकी मानन्धरप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

निर्देशक सम्झना उप्रेती रौनियार लेख्छिन्– ‘नेपाली चलचित्रका वरिष्ठ कलाकार, निर्माता आदरणीय बिनोद मानन्धर तथा करिश्मा मानन्धर ज्यु कि ममतामयी आमा र सासु जानकी मानन्धरज्युको महाप्रस्थानको खबरले मर्माहित भएका छौँ । आमाप्रति हार्दिक श्रद्धाञ्जली । आमाको आत्मालाई शान्ति मिलोस् । बिनोद मानन्धर र करिश्मा मानन्धर ज्यु अनि सम्पूर्ण मानन्धर परिवारमा हार्दिक समवेदना ।’