Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोट: नेपाललाई छैटौँ सफलता

आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा मलेसियाविरुद्ध नेपालले छैटौँ विकेट लिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको मलेसियाका ऐनुल हाफिज्स रनआउट भए । 

उनलाई नेपालका गुल्सन झाले गरेको थ्रोमा विकेटकिपर आसिफ सेखले रनआउट गरे । हाफिज्स तीन रन बनाएर पभेलियन फर्किए । जारी खेलको १६ ओभर समाप्त हुँदा मलेसियाले ६ विकेट गुमाएर १३५ रन बनाएको छ । नेपाल आज लगातार दोस्रो जितको खोजीमा छ । यसअघि, नेपालले प्रतियोगिताको पहिलो खेलमा सोमबार सिंगापुरविरुद्ध आठ विकेटको सहज जित निकालेको थियो ।

मलेसिया भने पहिलो जितको खोजीमा छ । मलेसिया यसअघि पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो