Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

मलेसियाविरुद्ध नेपाललाई दोस्रो सफलता, कप्तान फैज रनआउट

नेपालले आइसिसी टि२० विश्वकप एसिया फाइनल क्षेत्र छनोटअन्तर्गत मलेसियाविरुद्ध दोस्रो सफलता प्राप्त गरेको छ ।  

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले ६ ओभरको अन्तिम बलमा कप्तान अहमद फैजलाई ३ रनमा गुमाएको हो ।

नेपालका स्पिनर सन्दीप लामिछानेको बलमा शत खेलेका उनी करण केसी र आशिफ शेखबाट रनआउट भएका हुन् ।