Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

अभिनेत्री मनीषा कोइरालालाई बेलायती संसदमा सम्मान

 चर्चित अभिनेत्री मनीषा कोइरालालाई बेलायती संसदमा आयोजित एक कार्यक्रममा सम्मान गरिएको छ । बलिउड र दक्षिण भारतका सिनेमा उद्योगमा बितेका तीन दशकमा गरेको उल्लेख्य योगदानको कदर गर्दै नेपाली अभिनेत्री कोइरालालाई शुक्रबार साँझ सम्मान गरिएको हो ।

सम्मानका क्रममा सामाजिक क्षेत्रमा उनको सक्रियताको पक्षलाई समेत सम्झना गरिएको छ । बेलायती हाउस अफ कमन्सका सदस्य इमरान हुसैनले कोइरालालाई निमन्त्रणा गरेका थिए ।

बेलायती संसदमा आयोजित उक्त कार्यक्रममा एसियन स्ट्याण्डर्ड पत्रिकाकी प्रधान सम्पादक फातिमा पटेल समेत आयोजक रहेको उक्त विशेष संसदीय रिसेप्सनमा कोइरालाको योगदानलाई लिएर सम्मान गरिएको हो ।